बिहीबार, असार ३२, २०८३

सिभिल बैंकको खुद मुनाफामा ८५.२० प्रतिशतको फड्को

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले आर्थिक वर्षा ०७४-०७५ मा ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको तुलनामा ८५.२० प्रतिशतको फड्को हो। 

त्यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आवको तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्ब ४३ करोड भएको छ भने आवास कर्जा  ३१.७८ प्रतिशतले वृद्धि भएको छ। बैंकले विदेशी विनिमय कारोबारबाट मात्रै १६.९१ करोड आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ७०.६७ प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेपमा १६.८८ प्रतिशतले वृद्धि गरी ४० अर्ब १ करोड संकलन गरेको छ भने कर्जा प्रवाह गत आर्थिक वर्षको तुलनामा ३३.७१ प्रतिशतले वृद्धि गरी ३९ अर्ब ४६ करोड गरेको छ। बैंकको खराब कर्जा अनुपात पनि ३.९८ प्रतिशतबाट घटेर २.६५ भएको छ।

बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा प्रवाहमा गरेको वृद्धि रकम ९ अर्ब ९४ करोड तथा खुद मुनाफामा गरेको वृद्धि रकम २९ करोड ६७ लाख छ। जुन केही पुराना तथा ठूला बैंकहरु भन्दा पनि बढी छ।

आर्थिक वर्ष ०७४-०७५ को मसान्तसम्म २ लाख पचास हजारभन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेको छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्