मंगलबार, चैत ३, २०८२

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ।
 |  बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९

वीरेन्द्रनगर- मध्य पश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ। गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ। 

National life

विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका  संयोजक डा. लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ १३ लाख ७४ हजार खर्च भएको छ। कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिए। 

यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो। समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए।

दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी थिए। यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो।  

प्रकाशित: Jun 23, 2022| 09:41 बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्