बिहीबार, असार ३२, २०८३

दुर्लभ वन्यजन्तुको दाँतसहित पाँचजना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले दुर्लभ वन्यजन्तुको दाँत तथा नंग्रा किनबेच गर्दै गरेको अवस्थामा काठमाडौंको गैरीगाउँ तिनकुनेबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा ओखलढुङ्गा लिखु गाँउपालीका-९ का महेश राई, मिलन सुवेदी , प्रतिरोध सुवेदी सोलूखुम्बु दुधकुण्ड नगरपालीका-९ का पुर्ण बहादुर तामाङ तथा मोरङ कानपोखरी गाँउपालीका-२ का श्रवण चौधरी छन।
 
उनीहरुको साथबाट चितुवालगायत दुर्लभ वन्यजन्तुका ३६ थान दाँत तथा नंग्रा ६ थान बरामद गरिएको सिआईबीले जनाएको छ। उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साईटिस महासन्धी १९७५ विरुद्धको अपराधमा कारबाही गरिने  सिआर्इबीले जनाएको छ। 

साथै कर्तव्य ज्यान मुद्दामा फरा अभियुक्त नुवाकोट देउराली-९ की सुशीला तामाङलार्इ पक्राउ गरेको छ। तामाङले २०६५ साल वैशाख २२ मा रुद्रनाथ अधिकारीलार्इ घरेलु हतियार प्रहार गरी गम्भीर घाइते बनाइ फरार भएकि थिइन्। 

अदालतबाट उनलार्इ चार वर्ष ११ महिना ६ दिन कैद सजायको आदेश गरेको थियो। 

उनलार्इ बुधबार बालाजुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।