बिहीबार, असार ३२, २०८३

मेयरका पिएले जर्बजस्ती निजी जग्‍गामा बनाए सडक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका प्रमुखका स्वकीय सचिवले अख्तियार दुरुपयोग गरी निजी जग्गामा जर्बजस्ती सडक निर्माण गरेको आरोप लगाएका छन्।

प्रमुख लालकिशोर साहका स्वकीय सचिव पारस साहले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित एकजना व्यक्तिको नाउँमा रहेको निजी जग्गा मिचेर सडक निर्माण गरेको पीडितले आरोप लगाएका छन्।

विवादमा परेको जग्गामा कुनैपनि निर्माण कार्य नगर्न अदालतले जारी गरेको निषेद्याज्ञाको समेत कुनै वास्ता नगरी नगर प्रमुखका भान्जा समेत पर्ने स्वकीय सचिव पारसले जर्बजस्ती सडक निर्माण गरेको पीडित मुन्नी ठाकुरले दाबी गरेकी छिन्।

‘मेरो नीजी जग्गामा सडक निर्माण कार्य नगर्न अदालतले निषेद्याज्ञा जारी गरेको छ,’ बुधबार पत्रकार सम्मेलनमा मुन्नीले भनिन्,‘नगर प्रमुखका स्वकीय सचिव पारससहित उनका बाबु सीताराम साहले जर्बजस्ती सडक बनाएका छन्।’

आफ्नो जग्गा पछाडी रहेको घर पुग्न उनीहरुले रातारात ३०-४० फिट ढलान गरेर निजी जग्गामा जर्बजस्ती सडक बनाएको उनको भनाइ छ। अदालतले ३२ अषाढमा निषेद्याज्ञा जारी गरेपनि अदालतले दिएको आदेश अवहेलना गरेर २२ साउनमा सडक बनाएको मुन्नीले बताइन्।

आफ्नो निजी जग्गामा कसले र कुन बजेटले सडक निर्माण गरेकोबारे जानकारी माग्दा उपमहानगरपालिकाले कुनै जवाफ नदिएको पत्रकार सम्मेलनमा उपस्थित मुन्नीका श्रीमान् उदय ठाकुरले बताए।

सडक निर्माण गर्नुपूर्व आफूहरुसँग कुनै सल्लाह समेत नगरिएको उदयले बताए। त्यहाँका स्थानीयवासीहरुले समेत जर्बजस्ती सडक निर्माण नगर्न आग्रह गरेपनि टेरपुच्छर नलगाएको उनको भनाइ छ। 

सडक निर्माण गरिएको आफ्नो नाउँमा दर्ता रहेको प्रमाण समेत आफूसँग सुरक्षित रहेको उदयले बताए।

यता, उच्च अदालत जनकपुरले निषेद्याज्ञा जारी गरेकै दिन सीताराम साहले सार्वजनिक जग्गा संरक्षण गरी पाउँ भन्दै उपमहानगरपालिका कार्यालयमा निवेदन दर्ता गराएका छन्। सीतारामले दिएको निवदेनकै आधारमा उपमहानगरपालिकाले सोहि दिन १५ दिन भित्र प्रमाणसहित लिखित जवाफ दिन मुन्नीलाई पत्र पठाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।