बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टीकापुर हत्या काण्डको ३ बर्ष पछि पेशी चढ्यो, प्रमाणसहित उपस्थित हुन आदेश

टीकापुर हत्या काण्डको ३ बर्ष पछि पेशी चढ्यो, प्रमाणसहित उपस्थित हुन आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डका वादी र प्रतिवादी दुवै पक्षलाई साक्षी लिएर आउन आदेश दिएको छ। 

बुधवार पहिलो पटक पेशीमा चढेको मुद्दामा जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले भदौ २४ गते वादी र प्रतिवादी दुवै पक्षलाई साक्षीसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो। 

‘न्यायाधीश भट्टराईले भदौ २४ गते वादी प्रतिवादीलाई घटनाको बारेमा जे प्रमाण छ त्यही ल्याएर अदालतमा उपस्थित हुन आदेश जारी गर्नुभएको छ’ अदालतका श्रेष्तेदार ईन्द्र बहादुर कठायतले भने,‘त्यसपछि टीकापुर घटनाको मुद्धाले निन्तरता पाउँछ।’

हत्याकाण्डको झण्डै तिन वर्षपछि सुनुवाईको प्रक्रिया सुरु भएको हो। यसअघि म्याद तामेली हुन नसक्दा मुद्दाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन। बुधवार पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका अभियुक्तलाई अदालतमा उपस्थित गराइएको थियो। 

थरुहट-थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालकसहित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेलगायत सात प्रहरीको ज्यान गएको थियो।

    
घट्नाका आरोपित भनिएका सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकी २३ लाई कैलाली कारागारमा राखिएको छ। 

घट्नामा संलग्न भनिएका मध्ये २२ जना अझैँ फरार छन्। उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । काठमाडौंको सदरखोर कारागारमा रहेका रेशमको पेशी बिहीवारका लागि तोकिएको बुझिएको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।