सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा उत्पादित कफी युरोप र अमेरिका निर्यात गर्न ईयूले सहयोग गर्ने

नेपालमा उत्पादित कफी युरोप र अमेरिका निर्यात गर्न ईयूले सहयोग गर्ने

नेपाली कफीको उत्पादन तथा गुणस्तरमा सुधार गरी बजार प्रवर्द्धनमा ईयूले सहयोग गर्ने भएको हो। ईयूको सहयोगमा नेपालको कफीको गुणस्तरमा सुधार गरी युरोप र अमेरिकी निर्यात हुने भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- नेपालमा उत्पादित कफी सीधै युरोप र अमेरिका निर्यात गर्नका लागि युरोपियन युनियन (ईयू) ले सहयोग गर्ने भएको छ। नेपाली कफीको उत्पादन तथा गुणस्तरमा सुधार गरी बजार प्रवर्द्धनमा ईयूले सहयोग गर्ने भएको हो। ईयूको सहयोगमा नेपालको कफीको गुणस्तरमा सुधार गरी युरोप र अमेरिकी निर्यात हुने भएको छ। 

National life

ईयूको सहयोगमा वैदेशिक व्यापारलाई सहजीकरण हुने गरी सरकारले कफी गाइड, क्‍वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टलको उद्घाटन गरेको छ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्र र व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको संयुक्त सहकार्यमा उक्त पोर्टल सञ्चालनमा आएको हो। जहाँ कुन गुणस्तरको कफी कुन देशमा निर्यात गर्ने देखि मार्केट एक्सीस समेत सोही पोर्टल मार्फत हुने व्यवस्था मिलाइएको छ।  उद्योग मन्त्रालयका सचिव गणेश पाण्डे र ईयु नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रोग्राम नेपालका लागि राजदूत नोना डेप्रेजले पोर्टलको उद्घाटन गरे। 

सचिव पाण्डेले वैदेशिक व्यापारलाई सहजीकरण गर्न यसले सहयोग पुग्ने बताए। ‘अन्तर्राष्ट्रिय बजार नेपालमा उत्पादित कफीको माग उच्च छ तर, माग अनुसार उत्पादन र  निर्यात हुन सकेको छैन', उनले भने, ‘यस्ता पोर्टलले कफी निर्यातमा सहज बनाउने छ।'

यसले प्रयोगकर्तालाई आयात तथा निर्यातका भन्सार दरबन्दी, भन्सार दरमा कोटा, व्यापारमा प्रतिकार गर्ने नीति तथा व्यापार सम्झौताहरूको सूचनाको पहुँच गर्न, तुलना गर्न, विश्लेषण गर्न तथा डाउनलोड गर्न सहयोग पुर्याउने  व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले बताए।  

Shivam cement

कार्यक्रममा बोल्दै नेपाल स्थित इयुकी राजदूत नोना डेप्रेजले नेपालको कफी गुणस्तको भएकोले युरोपको बजारमा उच्च माग रहेको बताइन। ‘नेपालको बजार युरोपमा विस्तार गर्नका लागि नै इयुले प्राविधिक सहयोग गरेको हो,’उनको भनाई थियो।

प्रकाशित: Jun 22, 2022| 20:13 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्