बिहीबार, असार ३२, २०८३

बाल विवाह रोक्न प्रदेश स्तरीय बालिका सम्मेलन हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरमा प्रदेश स्तरीय बालिका सम्मेलन हुने भएको छ। बालविवाह नियन्त्रण तथा निर्मूलिकरण गर्ने उद्देश्यले प्रदेश स्तरीय बालिका सम्मेलनको आयोजना गर्न लागिएको हो।

२०१८ को अक्टोबरमा काठमाण्डौमा हुन लागेको दोस्रो राष्ट्रिय बालिका सम्मेलनपूर्व जनकपुरमा ३१ साउन र १ भाद्रमा दुई दिने बालिका सम्मेलनको आयोजना गरिएको छ।

दुई दिने सम्मेलनको पहिलो दिन प्रदेश २ स्थित आठ जिल्लाका स्थानीय तहहरुका प्रमुख-उपप्रमुख तथा वडा अध्यक्षहरुसँग अन्तरक्रिया आयोजना गरिएको छ। त्यसैगरी दोस्रो दिन आठ जिल्लाकै किशोर किशोरी, समुदायको अगुवा, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, नागरिक समाज लगायतको सहभागिता रहने जनाइएको छ।
 
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अगुवाईमा हुन गइरहेको सम्मेलनमा युनिसेफ, डिएफआइडी, युनएफपिए लगायतका संस्थाहरुले सहकार्य गर्दैछ।

बालविवाह, कलिलो उमेरमा विवाह तथा जर्बजस्ती विवाहलाई प्रश्रय दिने सबै खाले गलत सामाजिक प्रचलन तथा अभ्यासलाई निरुत्साहीत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको सहजकर्ता संस्था ‘भोरले’ जनाएको छ।

एक तथ्यांक अनुसार बालविवाहको दर सबै भन्दा बढी प्रदेश २ मा देखिएको छ । बालविवाह अन्त्य राष्ट्रिय सञ्चालको तथ्यांक अनुसार प्रदेश २ मा उमेर नपुग्दै विवाह हुने छोरीहरुको संख्या सबै भन्दा बढी छ।

प्रदेश २ को आठ जिल्ला मध्येय सप्तरीमा सबै भन्दा बढी ८२ प्रतिशत बालिकाहरुको कलिलो उमेरमा विवाह हुने गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी रौतहटमा ६१ प्रतिशत बालिकाहरुको शिक्षा पाउने उमेरमै विवाह हुने गरेको छ। 

बालविवाहको तेस्रो सबै भन्दा बढी समस्या धनुषामा देखिएको छ। सञ्जालका अनुसार नेपाल विश्वमै सबैभन्दा बढी बालविवाह हुने देशहरुमा दोस्रो स्थानमा रहेको छ । यहाँ ३९.५ प्रतिशत बालविवाह हुने गरेको छ। जसमा तराईमा ९६ प्रतिशत र पहाडमा ८९ प्रतिशत बालविवाहको दर रहेको सञ्जालले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।