शरीरमा बेरिएको अवैध गाँजासहित पक्राउ परेका पासपत साह । तस्वीर श्रोतः जिल्ला प्रहरी कार्यालय बारा ।
वीरगंज-अवैधरुपमा लागू औषध गाँजा लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा बारा प्रहरीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी गस्ती टोलीले डमरापुर अमलेखगंज सडक खण्डमा पर्ने सीमरा-जीतपुर उपमहानगर-२२ बाट दुईजना भारतीय नागरिकलाई ३ किलो २ सय ग्राम अवैध गाँजासहित पक्राउ गरेको हो ।
डोरीको सहायताले शरीरमा गाँजा बाँधेर लुगा लगाएको अवस्थामा भारत मोतिहारी रक्सौल निवासी पासपत साहको शरीरबाट गाँजा बरामद भएको प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले जानकारी दिए । प्रहरीले साहसँगै रहेका मोतियारी जिल्ला अन्तर्गतकै नरकटियागंज निवासी लक्ष्मण साहलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४