आइतबार, असोज ११, २०८३

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ। महासंघले आजको दरभाउ तोक्दै हिजो मंगलबारको तुलनामा १० रुपैयाँ घटेर कारोबार सुरू भएको बताएको छ। 

मंगलबार चाँदी १२ सय ६५ रुपैयाँ थियो । जुन, आज घटेर १२ सय ५५ रुपैयाँ आइपुगेको छ।

प्रकाशित: Jun 22, 2022| 11:11 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्