बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लगातार ओरालो लागेको नेप्से आज एकै दिन २८.७३ अंकले बढ्यो

लगातार ओरालो लागेको नेप्से आज एकै दिन २८.७३ अंकले बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– लामो समयसम्म नबढेको नेप्से परिसूचक बुधबार एकै दिन २८.७३ अंक बढेको छ । नेप्से बढेसंगै लगानीकताहरुमा उत्साहित भएका  छन् । ‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इन्डेक्स समेत ५.९० प्रतिशतले बढेर २५५.४० विन्दुमा पुगेको छ ।

परिसूचक २८.७३ अंक बढेर एक हजार २०९.७१ बिन्दुमा पुगेको छ ।  बुधबार १६५ कम्पीहरुको ५ हजार ८३३ शेयर १० लाख ६८ हजार ५५७ पटक खरिद बिक्रीबाट ३६ करोड १ लाख ६३ हजार ४५८ रुपैयाँको कारोबार भएको छ ।



सबै समूहको परिसूचक बृद्धि

नेप्से बजारमा आएका सबै समूहको परिसूचक बढेको छ । दश वटा समूहमध्ये सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्स समूहको परिसूचक २०५.६४ अंक बढेर ५ हजार ९८१.२७ विन्दुमा पुगेको छ । 

त्यसपछि लाइफ इन्स्योरेन्स समूहको परिसूचक १२९.८२, उत्पादनमुलक समूहको परिसूचक ३९.२३ अंक, विकास बैंक समूहको परिसूचक ३६.८१, माइक्रोफाइनान्सको ३५.२८, हाइड्रोपावर समूहको परिसूचक ३४.५३ अंक बढेको छ ।

त्यस्तै होटेल समूहको परिसूचक २९.२६, बैंकिङ समूहको परिसूचक २४.८६ अंक, अन्य समूहको १४.८२ र फाइनान्स समूहको परिसूचक ९.२३ अंक बढेको छ ।


सबैभन्दा बढी स्वरोजगार लघुविक्तका लागानीकर्ताले कमाए

सबैभन्दा बढी स्वरोजगार लघुवृत्त विकास बैंकका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको लागानीकर्ताले ९.६६ प्रतिशत कमाएका हुन् । त्यसपछि हिमालयन डीस्टीलरी लिमिटेडका लगानीकर्ताले ७.९७,  तारागाउँ रेजेन्सी होटलले ७.३१ प्रतिशत, हिमालयन पावर पार्टनर लिमिटेडले ६.४३ प्रतिशत कमाएका छन् ।

त्यस्तै समिट माइक्रो फाइनान्स डेभ्लप्मेन्ट बैंक, एनएमबी माइक्र्रोफाइनान्स विक्तीय संस्था लगायत कम्पनीका लागनीकर्ताले समेत बुधबार नाफा कमाएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।