आइतबार, असोज ११, २०८३

दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट आज

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुने भएको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुने भएको छ। आज बिहान ९ बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने क्यापिटल मर्चेन्टले जनाएको छ।

कम्पनीको आइपीओमा १५ लाख ५९ हजार ५८ आवेदनबाट एक अर्ब ७८ करोड ७५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ता शेयरको लागि आवेदन परेको थियो। यसमा केहि आवेदन रद्द भएका छन्। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता शेयरको ८.८५ गुणा बढी हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै वितरण हुनेछ।

माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ। त्यस अनुसार २ लाख १ हजार ९८६ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन्। बाँकी आवेदकको भने हात खाली हुने छ।

प्रकाशित: Jun 22, 2022| 08:17 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्