काठमाडौं- मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)का कायममुकायम सिइओ अविजित घोष दस्टीदरले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
अब ग्राहकले मेगा बैंकका देशभरिका शाखाबाट एलआइसीमा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्। यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४