मंगलबार, असार ९, २०८३

क्यानले भन्यो- हवाई उडान स्थगित नगर्नू

नेपाल नागरिक उड्‌डयन प्राधिकरण (क्यान)ले कुनै पनि हवाई उडान स्थगित नगर्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै हवाई सेवा निर्वाध सञ्‍चालन गर्न-गराउन सूचित गरिएको जनाएको हो।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- नेपाल नागरिक उड्‌डयन प्राधिकरण (क्यान)ले कुनै पनि हवाई उडान स्थगित नगर्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै हवाई सेवा निर्वाध सञ्‍चालन गर्न-गराउन सूचित गरिएको जनाएको हो। 

National life

वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट लागू हुने गरी आन्तरिक हवाई सेवा बन्द गर्ने चेतावनी दिएको थियो। उक्त चेतावनीपछि प्राधिकरणले हवाई सेवामा अवरोध नगर्न र निर्वाध सञ्‍चालन गर्न निर्देशन दिएको हो। 

विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारले आवश्यक सेवा सञ्‍चालन ऐन, २०१४ अन्तर्गत हवाई सेवामा समेत हड्ताल गर्न निषेध गर्ने गरी २०७९ जेठ २६ गते नेपाल राजपत्रमा प्रकाशन गरी आदेश जारी गरेको विद्यमान अवस्थामा हवाई सेवा स्थगनको घोषणा गरिनु स्वयं गैरकानुनी रहेको स्मरण गराइछन्। तसर्थ हवाई सेवा निर्वाधरुपमा सञ्‍चालन गर्न-गराउन हुन सूचित गरिन्छ। साथै कानुन कार्यान्वयनसँग सम्बन्धित गुनासोका विषयमा छलफल/वार्ताद्वारा निष्कर्षमा पुग्‍न सकिने व्यहोरा जानकारी गराइन्छ।

सरकारले भने हवाई सेवा बन्द गराउनेहरुलाई पक्राउ गर्ने तयारी अघि बढाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई पक्राउ गर्ने तयारी  अघि बढाएको हो। 

हवाई सेवा प्रदायक संघका प्रवक्ता युवराज कँडेलले आफूहरूको आन्दोलनका विषयमा गृह मन्त्रालयबाट फोन आएको बताएका छन्। 'गृह मन्त्रालयबाट पनि आन्दोलनका विषयमा फोन आएको थियो। पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर आन्दोलनका कार्यक्रम फिर्ता लिन भनेको छ। प्राधिकरणले अहिलेसम्म सम्पर्क गरेको छैन,' प्रवक्ता कँडेलले भने। 

Shivam cement

प्राधिकरणबाट जानकारी आएलगत्तै आफूहरू वार्ताका लागि तयार रहेको उनले उल्लेख गरे। 'मन्त्रालयले नै प्राधिकरणसँग समन्वय गर्नु भनेकाले हामीहरु प्रतीक्षामा छौँ। सरकारले वार्ताका लागि बोलाए नजाने भन्ने कुरा हुँदैन,' उनले भने, 'अहिलेसम्म हामीले आन्दोलनका कार्यक्रम यथावत् राखेका छौँ। भोलिबाट उडान सेवा बन्द निर्णय फिर्ता भएको छैन।'

उडान सेवा अत्यावश्य सेवाअन्तर्गत नै पर्ने जानकारी आफूहरूलाई भएको र सरकारले आफूहरूलाई पक्राउ गर्ने तयारी गरे पक्राउ दिनसमेत तयार भएको उल्लेख गरे। 


प्रकाशित: Jun 21, 2022| 21:08 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्