सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हवाई सेवा बन्द गर्ने चेतावनीपछि पक्राउको तयारीमा सरकार, वार्ताको प्रतीक्षामा आन्दोलनकारी

हवाई सेवा बन्द गर्ने चेतावनीपछि पक्राउको तयारीमा सरकार, वार्ताको प्रतीक्षामा आन्दोलनकारी

हवाई सेवा प्रदायक संघका प्रवक्ता युवराज कँडेलले आफूहरूको आन्दोलनका विषयमा गृह मन्त्रालयबाट फोन आएको बताए। उनका अनुसार हवाइ सेवा प्रदायकहरू नेपाल नागरिक उड्डयन प्राधिकरणसँग वार्ताका लागि प्रतीक्षारत रहेको र आफूहरू पक्राउ खान पनि तयार रहेको बताए।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- बुधबारबाट लागू हुने गरी आन्तरिक हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनीपछि सरकारले आन्दोलनकारीलाई पक्राउ गर्ने तयारी अघि बढाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई पक्राउ गर्ने तयारी  अघि बढाएको हो। 

National life

हवाई सेवा प्रदायक संघका प्रवक्ता योगराज कँडेलले आफूहरूको आन्दोलनका विषयमा गृह मन्त्रालयबाट फोन आएको बताए। उनका अनुसार हवाइ सेवा प्रदायकहरू नेपाल नागरिक उड्डयन प्राधिकरणसँग वार्ताका लागि प्रतीक्षारत रहेको र आफूहरू पक्राउ खान पनि तयार रहेको बताए। 

'गृह मन्त्रालयबाट पनि आन्दोलनका विषयमा फोन आएको थियो। पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर आन्दोलनका कार्यक्रम फिर्ता लिन भनेको छ। प्राधिकरणले अहिलेसम्म सम्पर्क गरेको छैन,' प्रवक्ता कँडेलले भने। 

प्राधिकरणबाट जानकारी आएलगत्तै आफूहरू वार्ताका लागि तयार रहेको उनले उल्लेख गरे। 'मन्त्रालयले नै प्राधिकरणसँग समन्वय गर्नु भनेकाले हामीहरु प्रतीक्षामा छौँ। सरकारले वार्ताका लागि बोलाए नजाने भन्ने कुरा हुँदैन,' उनले भने, 'अहिलेसम्म हामीले आन्दोलनका कार्यक्रम यथावत् राखेका छौँ। भोलिबाट उडान सेवा बन्द निर्णय फिर्ता भएको छैन।'

उडान सेवा अत्यावश्य सेवाअन्तर्गत नै पर्ने जानकारी आफूहरूलाई भएको र सरकारले आफूहरूलाई पक्राउ गर्ने तयारी गरे पक्राउ दिनसमेत तयार भएको उल्लेख गरे। 

Shivam cement

यता प्राधिकरणले भने अत्यावश्यक सेवा अन्तर्गत हवाई सेवा पनि पर्ने भएकाले उक्त सेवामा अवरोध पुर्‍याएको आरोपमा कारबाही गर्ने तयारी गरेको छ। मंगलबार दिउँसो प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सेवा अवरोध गरे सरकार हेरेर नबस्ने बताएका थिए। 

क्यानका एक अधिकारीका अनुसार संघका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने र बुधबार हवाई सेवा सञ्चालन नगर्ने सेवा प्रदायकको अनुमति (एओसी)समेत रद्द गर्ने तयारी गरेको छ। 

प्रकाशित: Jun 21, 2022| 20:21 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्