आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लामो समय सेयर होल्ड गरेका लगानीकर्ताले पुँजीगत लाभकरमा छुट पाउने

लामो समय सेयर होल्ड गरेका लगानीकर्ताले पुँजीगत लाभकरमा छुट पाउने

सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर छुट पाउने भएका छन्। यो छुट लामो समय लगानी गर्ने लगानीकर्ताहरुको हकमा मात्र लागु हुनेछ। मंगलबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलन‍लाई सम्बोधन गर्दै अध्यक्ष रमेशकुमार हमालले लामो समय लगानी गर्ने सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर छुट पाउने बताए।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर छुट पाउने भएका छन्। यो छुट लामो समय लगानी गर्ने लगानीकर्ताहरुको हकमा मात्र लागु हुनेछ। मंगलबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलन‍लाई सम्बोधन गर्दै अध्यक्ष रमेशकुमार हमालले लामो समय लगानी गर्ने सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर छुट पाउने बताए। 

‘मैले अर्थमन्त्रीसँग आजै भेटेर पुँजीगत लाभकरको छुट दिन आग्रह गरेको छु,' अध्यक्ष हमालले थपे, 'अर्थमन्त्रीज्यूले बजेटमा नै समावेश गर्नुपर्नेमा छुटेछ म कानुनी सल्लाह गर्छु भन्नु भएको छ, यो समस्या समाधान हुन्छ।’

उनले बजार घट्नुको मुख्य कारण नै नेपाल राष्ट्र बैंकको नीति भएको दावी गर्दै नीतिगत करेक्सनको पहल भइरहेको बताएका छन्। उनले भने, 'राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४-१२ को नीतिले बजार ओरालो लागेको हो, संशोधनको लागि पहल भइरहेको छ। सायद सो समस्या पनि समाधान हुन्छ होला।’ 

सेयर बजारमा राष्ट्र बैंकले ल्याएको जोखिम भारसम्बन्धी नीतिका कारण पनि बजारमा थप समस्या भएको उनले बताए। नेपाल राष्ट्र बैंकले सेयर भार १५० बनाइदिएको छ। यसअघि सेयर भार १०० थियो। 

हमाल मंगलबार नै स्वदेश फर्केका हुन्। राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सीमा हटाउनुपर्ने, सेयर भार घटाउनुपर्ने, पुँजीबजार सुधारका लागि नीतिगत काम गर्नुपर्ने माग राख्दै पत्रकार तथा लगानीकर्ता तिलक कोइराला आमरण अनसनमा छन्। 

उनले राखेका माग बोर्डबाट हुने जति सबै पूरा गर्न बोर्ड तयार रहेको र अन्य निकायसँग (राष्ट्र बैंक) सहकार्य गरेर समस्या समाधान गर्न पनि तयार रहेको बताए। 

प्रकाशित: Jun 21, 2022| 18:55 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्