सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा २५०० भन्दा बढीलाई वित्तीय साक्षरता

सनराइज बैंकद्वारा २५०० भन्दा बढीलाई वित्तीय साक्षरता

देश व्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९
National life
Shivam cement

काठमाडौं– देश व्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नागरिकहरुमा बैंकिङ सेवा सुबिधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ सेवा सुबिधाको प्रयोगले कसरी जीबनस्तर विकास गर्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोगिता, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङमा कसरी सुरक्षित रहन सकिन्छ लगाएतका विषयहरुलाई समेटेर देश व्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।


प्रकाशित: Jun 21, 2022| 18:09 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्