बिहीबार, असार ३२, २०८३

निर्माणाधीन पुलका कारण धोवीखोलामा बाढी : सिंह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानीको बिजुलीबजारस्थित धोवीखोलामाथि निर्माणाधीन पुलले बाढी निम्त्याएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा सिंहले भने, ‘निर्माणाधीन पुलले धोवीखोलाको बहावलाई रोकेका कारण बस्तीमा बाढी पसेर दर्जनौं घरलाई क्षति पुगेको छ।’ 

उनले बाढीको कारण धोविखोलामा माटो थुप्रिएको र सरकारी निकायले त्यसको निकासको लागि एकले अर्कोलाई दोष थोपरेर बसेका कारण जनताले दु:ख पाइरहेको भन्दै क्षतिपूर्ति माग गरे।
 
सिंहले काठमाडौंको १ नम्बर क्षेत्रको धोवीखोलामा आएको बाढीले  महानगरको १०, ११ र २९  वडाका खोलाछेउका अधिकांश घरको तल्लो तलामा धेरै क्षति पुर्‍याएको जानकारी दिए। 

देवीनगर र जागृतिनगर बाढी र हिलो पस्दा त्यस क्षेत्रका कटेज इन्डस्ट्रिज, छापाखाना आदिमा क्षति पुर्‍याएको उनले जनाए। सिंहले भने, ‘नदीनाला सफाइ गर्न उपाय खोज्नुपर्‍यो भन्दा धोवीखोला करिडोर, वागमती सभ्यता विकास समिति, काठमाडौं उपत्यका र सडक विभागले एकले अर्कोलाई दोष दिएर काम नगरेको आरोप लगाए। 

सरकारी एउटा निकायले अर्कोलार्इ दोष दिएर विकास नहुने बताउँदै तत्काल क्षतिपूर्तिका लागि उनले सरकारसँग माग गरे। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।