आइतबार, असोज ११, २०८३

११ महिनामा १७ खर्बको आयात, निर्यात जम्मा पौने २ खर्ब

विभागले मंगलबार साउन–जेठको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको जनाएको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– भन्सारले विभागले चालू आर्थिक वर्षको ११ महिने अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बढीको आयात भएको तथ्यांक सार्वजनिक गरेको छ।

विभागको पछिल्लो तथ्यांकअुनसार ११ महिनामा १७ खर्बभन्दा बढीको आयात भएको हो।

विभागले मंगलबार साउन–जेठको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको जनाएको छ। सोही अवधिमा नेपालको आयात २७ प्रतिशत र निर्यात ५३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो। यस्तै, सोही अवधिमा १ खर्ब २१ अर्बको निर्यात भएको थियो, जुन चालू वर्षको ११ महिनो अवधिमा बढेको हो।

आयात र निर्यात बढेपछि यस अवधिको वैदेशिक व्यापार पनि बढेको छ। गत वर्ष ११ महिनामा १५ खर्ब ४ अर्ब रहेको वैदेशिक व्यापार यो वर्ष बढेर १९ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ, जुन २९ प्रतिशतको बढोत्तरी हो।

यसैगरी अघिल्लो वर्षको सो अवधिमा १२ खर्ब ६२ अर्ब रुपैयाँमा रहेको व्यापार घाटा पनि यो वर्ष २५ प्रतिशतले बढेको छ। यस वर्ष नेपालको कुल वैदेशिक व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढी पुगेको विभागले जानकारी दिएको छ।

प्रकाशित: Jun 21, 2022| 17:26 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्