बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल 

गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौंको वितरक एभ ट्रेडिङ प्रालिसँग मिलेर मंगलबार रिटेलर्स मिट सम्पन्न गरेको छ। उक्त रिटेलर्स मिटमा दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका करिब ३ सय मेकानिक्स तथा लुब्रिकेन्ट्स विक्रेताहरु सहभागी थिए। 

उक्त अवसरमा प्रमुख अतिथिको रहेका नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपानेले मेकानिक्सहरुले सही लुब्रिकेन्टको पहिचान गर्नु पर्ने आवश्यकतामा जोड दिंदै सडक सुरक्षाका लागि कन्डिसनयुक्त सवारी साधन सडकमा गुडाउनका लागि मेकानिक्सको महत्वपूर्ण भूमिका हुने बताए। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष प्रकाश कपुरी, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई, नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष दीपक आचार्य र पशुपति माइक्रो बस व्यवसायी संघका अध्यक्ष मधुसूदन आचार्यले देश निर्माणमा मेकानिक्सहरुको महत्वपूर्ण भूमिका भएकाले स्तरीय पार्ट्स र लुब्रिकेन्ट उपलब्ध गराएर रिटेलरहरुलाई सडक सुरक्षा र देश निर्माणमा भूमिका खेल्न आग्रह गरे।
 
एभ ट्रेडिङ प्रालिका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले आगामी स्किमको बारेमा जानकारी दिंदै सधै जस्तै आगामी दिनमा पनि साथ दिन रिटेलर्सहरुलाई आग्रह गरे।
 
सो अवसरमा गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडका सेल्स म्यानेजर दिवाकर मिश्रले गल्फ लुब्रिकेन्टको उत्पादन प्रक्रिया र गुणस्तर तथा यसको समग्र बजार अवस्था बारेमा जानकारी दिए। 

नेपाल ल्युब आयल लिमिटेडले एभ ट्रेडिङ प्रालि अन्तर्गतका डिलरहरु मध्ये आर्थिक वर्ष २०७४-७५ मा धेरै लुब्रिकेन्ट्स वितरण गर्ने र आगामी आर्थिक वर्ष २०७५-७६ का लागि समेत प्रतिवद्धता ब्यक्त गर्ने वितरकहरुलाई विभिन्न पुरस्कार वितरण गरेको छ। 

यसरी एसएन्डएस ट्रेड कन्सर्न, अबि ट्रेड लिंक र डीएस ट्रेड लिंकले सुजुकी भिटारा ब्रेजा कार पाएका छन्। त्यसैगरी एएन मोटर पार्ट्स, कारमान्डु मोटर्स, सिन्धुली अटो र अटो एभले रोयल इन्फिल्ड बुलेट ३५० सीसी बाइक पाएका छन्। अनि एभ मोटर्स, सोनित अटो पार्ट्स र धन श्री अटो केयरले यामाहा सलुटो बाइक पाएका छन्।
 
ताजपुरिया ट्रेड लिंक, अमन ट्रेड लिंक र कमल ट्रेड लिंकले थाइल्यान्ड भ्रमण गर्ने मौका पाउने भएका छन्। रिटेलरहरुलाई यी बाहेक एलईडी टीभी, ल्यापटप, केटल आदि समेत प्रदान गरिएको थियो। 

विजेताहरुलाई अतिथिहरुका साथै नेपाल ल्युब आयल लिमिटेडका सेल्स म्यानेजर दिवाकर मिश्र, एकाउन्ट तथा फाइनान्स म्यानेजर रामप्रसाद फुँयाल, मार्केटिङ एन्ड ब्रान्ड हेड रविन्द्र उपाध्याय र मार्केटिङ म्यानेजर प्रद्युम्न न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए।
 
नेपाल ल्युब आयल लिमिटेडले ३२ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गरिरहेको छ। यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्