आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफको 'मेरो सुनिश्चित प्रतिफल बिमा योजना' सार्वजनिक

रिलायन्स लाइफको 'मेरो सुनिश्चित प्रतिफल बिमा योजना' सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बिमा योजना सार्वजनिक गरेको छ। इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बिमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’ जारी गरेको हो।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बिमा योजना सार्वजनिक गरेको छ। इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बिमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’ जारी गरेको हो। 

राजधानिमा आयोजित उक्त योजना सार्वजनीक गर्ने कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले सोमबार(आज) देखिनै उक्त योजना सञ्चालनमा आएको बताए। रिलायन्सको पहिलो उद्देश्य ‘उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’ रहेको सिईओ पोखरेलले बताए। साथै उनले यो योजना नेपाली जीवन बिमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट भएको समेत दाबी गरेका हुन्। 

त्यस्तै कार्यक्रममा बोल्दै बिमा समितिका अध्यक्ष सूर्य शिलवाले विमामा विश्वास बढाउने गरि काम गर्न आग्रह गरेका छन्। उनले नेपाली बजारमा बिमा विश्वसनिय हुन नसकेको बताएका हुन्। दावि भुक्तानीमा ढिलासुस्ती तथा झन्झटीलो पक्रिया बनाउँदा विस्साव नभएको उनको दाबी छ। उनले भुक्तानीलाई सकेसम्म छिटो छरितो बनाउन आग्रह गरेका हुन्। 

योजनाका विशेषता

–१६ वर्ष देखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले लिन सकिने

–समाप्ति उमेर ६० वर्ष हुन

–यो योजनामा अवधि १६ वर्ष र २० वर्ष हुने। १६ वर्ष बिमा अवधिमा जम्मा ५ वर्ष सम्म मात्र बिमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बिमाशुल्क तिरे पुग्ने

१६ वर्षको बिमालेखमा आधारभूत बिमाशुल्कको २ गुणा र २० वर्षको बिमालेखमा आधारभूत बिमा शुल्कको २.५ गुणा प्रतिफल दिने प्रतिबद्धता 

अन्य बिमा गराउँदा बिमा रकम अनुसार बिमाशुल्क तय हुन्छ भने यो बिमा योजनामा बीमितले आफ्नो इच्छा अनुरुप तय गरिएको बिमाशुल्कको आधारमा बिमा रकम कायम गर्न सकिन्छ।

बिमा अवधि भन्दा कम समय बिमाशुल्क भुक्तानी गर्न सकिने। 

बोनस कुन वर्ष कति भन्ने झन्झट नहुने। 

मृत्यु भएमा के छ व्यवस्था? 

–यदि बिमा अवधि बाकी रहदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बिमाशुल्कको न्युनतम २ गुणा देखी अधिकतम २५ गुणा सम्म रकम भुक्तान गरिने ।

अतिरिक्त सुविधा

बिमालेखमा न्युन थप बिमाशुल्क तिरेर अतिरिक्त पुरक करार सुविधाहरुमा दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बिमाशुल्क छुट, घातक रोगहरु विरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइनेछ ।

कर्जा सुविधा

बिमितले यस बिमा योजनामा सहभागी भएको ३ वर्ष अवधि पुरा भई ३ वर्षको बिमाशुल्क तिरी सके पछि सो बिमालेख धितो राखी सर्मपण मुल्यको ९० प्रतिशत सम्म ऋण लिन पनि सक्नेछन् ।

योग्यता

यो बिमा योजनामा सहभागी हुनको लागि न्युनतम वीमा शुल्क रु २५,००० रहेको छ भने अधिकतम बिमा शुल्क रकम भुक्तानी क्षमतामा निर्भर रहेनछ। न्युनतम र अधिकतम बिमाङ रकम भने बिमाशुल्कको आधारमा तय हुनेछ ।

उदाहरणको लागि यदि २५ वर्षको व्यक्तिले २० वर्षको बिमा अवधि राखि १ लाख रुपैंया वार्षिक बिमाशुल्क ७ वर्ष सम्म ७ लाख तिर्छ भने १७ लाख ५० हजार बराबरको जोखिम बहन हुनेछ । 

बिमा परिपक्व भएपछि आधारभूत बिमाशुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल १७ लाख ५० हजार एकमुष्ट विमकले पाउनेछ। थप न्युन बिमाशुल्क १४ हजार ८ सय ४० तिरेमा बिमितले अतिरिक्त पुरक करार सुविधाहरु दुर्घटना मृत्यु, पुर्ण स्थायी अशक्तता, बिमाशुल्क छुट र घातक रोगहरु बिरुद्धको रक्षावरण लिन पाउने छ। 


प्रकाशित: Jun 21, 2022| 16:41 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्