मंगलबार, चैत ३, २०८२

मानव धर्मको देशव्यापी योग शिविर

विश्व योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी योग साधना शिविर सञ्चालन गरेको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– विश्व योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी योग साधना शिविर सञ्चालन गरेको छ।

National life

मानवताका लागि योग भन्ने मूल नाराका साथ काठमाडौं, धुलाबारी, इटहरी, कोशी, वीरगन्ज, हेटौँडा, पोखरा, सिन्धुली, बुटवल, कावासोती, नेपालगन्ज, अत्तरिया, महेन्द्रनगर शाखामा शिविर सञ्चालन गरिएको हो।

समितिको केन्द्रीय कार्यालय गौशालामा भने युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। पतञ्जलि योगपिठ नेपालको सहकार्यमा आयोजित कार्यक्रममा योग प्रशिक्षक अशोक आलेले योगका विधि सिकाएका थिए।

शिविरमा केन्द्र प्रमुख महात्मा चमेली वाईजीले मानव जीवन सन्तुलित, व्यवस्थित र सुन्दर बनाउन योग साधना अनिवार्य रहेको बताइन्। समितिले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउनुका साथै साप्ताहिक रूपमा विविध साधना शिविरहरू गरी वैदिक सनातन परम्परालाई निरन्तरता दिँदै आइरहेको छ।

प्रकाशित: Jun 21, 2022| 14:57 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्