बिहीबार, असार ३२, २०८३

कामिनी भन्छिन्-सरकारलाई चुनौती दिन्छु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ। उनी खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक टेलिकमको महिला प्रबन्ध निर्देशक नियुक्ति भएकी थिइन्। तीन वर्ष कार्यकालका लागि नियुक्त भएकी उनलाई पटक-पटक स्पष्टीकरण सोधेर अन्ततः अझै एक वर्ष कार्यकाल हुँदाहुदै २३ महिनामै मंगलबार रातिको मन्त्रिपरिषद बैठकले उनलाई बखास्त गर्‍यो।

‘सञ्चार माध्यमबाट सुनें, अहिलेसम्म हातमा पत्र परेको छैन,’ उनले नेपाल समयसँग भनिन्, ‘म खुला प्रतिस्पर्धाबाट भिडेर आएकी हुँ। मेरो कार्यकालमा जति पनि काम गरें, कम्पनीको इतिहासमा बढी गरेको छु।’

कामिनीका अनुसार उनको नेतृत्वमा टेलिकमले धेरै प्रगति गरेको छ। ‘मैले काम गरिरहेकी छु, हटाउनुको ठोस कारण तथा आधार देख्दिनँ,’ उनले भनिन्, ‘च्यालेन्ज फेस गर्नेछु। कसरी अगाडि बढ्ने सोच्दैछु ।’

उनले आफूले टेलिकम सम्हालेपछि गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गरेको बताइन्। करपछिको नाफा मात्रै १५ अर्ब ६६ करोड पुगेको छ।  उनका अनुसार अघिल्लो वर्षभन्दा नाफा १.९२ प्रतिशत बढेको छ। आव ०७४/७५ मा कुल आय ४५ अर्ब ५६ करोड रुपैयाँ भएको छ। यो आम्दानी पनि अघिल्लो आवको तुलनामा २.१९ प्रतिशत बढी हो। यस्तै, ०७३/७४ मा ४४ अर्ब ५९ करोड र ०७२/७३ मा ४४ अर्ब २१ करोड रुपैयाँ टेलिकमको कुल आय भएको थियो। टेलिकमका अनुसार ३० जेठमा मात्रै पहिलो पटक प्रबन्ध निर्देशक राजभण्डारीलाई लिखित स्पष्टीकरण सोधिएको थियो। 

त्यसयता दुई महिना नबित्दै अर्को स्पष्टीकरण गत बुधबारको मन्त्रिपरिषदको निर्णयले शुक्रबार सोधिएको थियो। सरकारले उनको कार्य सम्पादन, आयोजना, भूमिका राम्रो नभएको बताउँदै स्पष्टीकरण सोधेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।