मंगलबार, चैत ३, २०८२

सानिमा बैंक र पाटन अस्पतालबीचको सम्झौता नवीकरण

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ।

National life

बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ। उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ। 

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ।

उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गर्दै आइरहेको छ।  

पाटन अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका तर्फबाट निर्देशक प्राडा रवि शाक्यले हस्ताक्षर गरेका छन्।

Laxmi sunrise bank
kumari

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटीएम सञ्चालनमा रहेका छन्।

प्रकाशित: Jun 21, 2022| 14:35 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्