सोमबार, असार ८, २०८३

‘भिभो वाइ५५’ नेपाली बजारमा आउँदै

भिभोले ‘वाइ’ सिरिज अन्तर्गतको पछिल्लो संस्करण ‘वाइ५५’ असार ११ गते शनिबार सार्वजनिक गर्ने घोषणा गरेको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९
National life
Shivam cement

काठमाडौं– भिभोले ‘वाइ’ सिरिज अन्तर्गतको पछिल्लो संस्करण ‘वाइ५५’ असार ११ गते शनिबार सार्वजनिक गर्ने घोषणा गरेको छ।

नेपाली बजारमा सार्वजनिक हुने यो स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ६८० प्रोसेसरसहित ५,००० एमएएचको ब्याट्री उपलब्ध छ। साथै फोनमा ईन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि प्रयोग गरिएको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । स्मार्टफोनको विषयमा थप जानकारी भने सार्वजनिक भएको दिन नै थाहा हुनेछ । कम्पनीले फोनको मूल्यको बारेमा भने केही जानकारी दिएको छैन । 

प्रकाशित: Jun 21, 2022| 13:06 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्