सोमबार, असार ८, २०८३

होण्डाले ल्यायो मनसुन एक्सचेन्ज अफर

होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ।

National life

प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपौयाँ सम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ।

फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना २०७९ असार ५ गतेदेखि असार १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजनाअन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन्।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित: Jun 21, 2022| 13:01 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्