मंगलबार, चैत ३, २०८२

त्रिवि कर्मचारी संघको उपाध्यक्षमा भद्रको उम्मेदवारी

यही असार १० गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचनमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका कर्मचारी नेता भद्रबहादुर तामाङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं– यही असार १० गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचनमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका कर्मचारी नेता भद्रबहादुर तामाङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। 

National life

प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी समूहको चुनाव चिन्ह कलशबाट उनले आप्mनो उम्मेदवारी दिएका हुन्। सफल र कुशल कर्मचारी नेताका छवि बनाएका उनले त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको केन्द्रीय सदस्य र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानको ईकाई अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको छाता संगठन त्रिवि कर्मचारी संघ, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानको ईकाई अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्। 

उनले प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी समूहबाट अध्यक्ष पदका उम्मेदवार पुण्यप्रसाद आचार्य नेतृत्वको समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। संस्थागत सुधार एवम् पेशागत हकहित र मर्यादाका लागि सहमति, सहकार्य, सह–अस्तित्व र वृत्ति विकासका लागि हाम्रो अभियान भन्ने नारा लिएर आफू र आफ्नो समूहको निर्वाचन अभियानको शिलशिलामा उनी प्रदेश १ मा रहेका विभिन्न क्याम्पसहरुमा निर्वाचन प्रचार–प्रसार र मत माग्दै पुगिरहेका छन्।

उनको उच्च शिक्षाको विरासत वोकेको देशकै जेठो विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको आधिकारीक र साझा छाता संगठनको हुन गइरहेको निर्वाचनमा निरन्तर कर्मचारीको पेशागत हकहीत र शिक्षाको गुणस्तर वृद्धिका लागि जिम्मेवारीपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्दै आप्mनो कुशल नेतृत्वपना र कार्यक्षमता देखाइसकेका उनी केन्द्रीय पदाधिकारीको उम्मेदवारी दिनेमा प्रदेश १ कै एक्लो रहेका छन्। समन्वयकारी नेतृत्वशैली, मिलनसार, लोकप्रियता र कार्यक्षमताका कारण उनको जीत सुनिश्चित भएको कर्मचारीहरु बताउँछन् ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य गरी २५ सदस्यीय त्रिवि कर्मचारी संघको केन्द्रीय कार्यसमितिको निर्वाचन हुन लागेको हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 21, 2022| 12:07 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्