मंगलबार, चैत ३, २०८२

भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई काठमाडौं महानगरले ४ करोड दिने

वरिष्ठ चिकित्सक भगवान कोइरालाले स्थापना गर्न लागेको नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- वरिष्ठ चिकित्सक भगवान कोइरालाले स्थापना गर्न लागेको नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन्।

अस्पताललाई सहयोग उपलब्ध गराउने विषयमा यसअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्का लगायतसँग सम्झौता भएको थियो। सोही सम्झौता अनुसार मेयर बालेन्द्रले नीति तथा कार्यक्रममा नै बजेट उल्लेख गरेर सहयोग उपलब्ध गराउने जानकारी दिएका हुन्।

त्यस्तै क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन निर्माणको लागि ५ करोड आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको मेयर साहले बताए।

बीपी कोइराला मेमोरियल ट्रष्टको अनुसन्धान केन्द्र भवन निर्माणको लागि ३ करोड र  मदन भण्डारी मेमोरियल कलेजको भवन निर्माणको लागि ५ करोड उपलब्ध गराउने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: Jun 21, 2022| 08:37 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्