सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सातामा दुई दिन बिदा दिँदा पेट्रोलको खपत ११ प्रतिशत कम

सातामा दुई दिन बिदा दिँदा पेट्रोलको खपत ११ प्रतिशत कम

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ। जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ।

National life

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिए। 

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ। जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ।

सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो। सरकारले असार १ देखि आइतबारको बिदा कटौती गरेको छ। 

प्रकाशित: Jun 20, 2022| 23:10 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्