काठमाडौं– नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।
समति गठन भएसँगै अधिकारी निलम्बनमा परेका हुन्। उनीमाथि विभिन्न आरोप लगाउँदै छानबिन समिति बनाइएको हो।
केही दिनअघि मात्र उनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली गरी हातपातसमेत गरेको अडियो बाहिरिएको थियो। मन्त्री आलेले 'अब तैँले काम गर्न पर्दैन' भनेको अडियोमा सुन्न सकिन्छ।
पर्यटनमन्त्री आलेले उनलाई आफ्ना मानिसहरुको सूची दिएर निगममा जागिर लगाइदिन भनेको चर्चा छ। तर आलेले भने यसबारे केही बोलेका छैनन्। आफ्नो काम नगरेपछि 'क्रुद्ध' पर्यटनमन्त्री आलेकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले निलम्बनमा जाने गरी छानबिन समिति गठनको निर्णय गरेको हो।