आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • औद्योगिक र घरायसी प्रयोजनका लागि ग्यासको फरक-फरक मूल्य हुने

औद्योगिक र घरायसी प्रयोजनका लागि ग्यासको फरक-फरक मूल्य हुने

खाना पकाउने ग्यासमा दुईथरी मूल्य निर्धारण गर्ने तयारी नेपाल आयल निगमले गरेको छ। औद्योगिक र घरायसी प्रयोजनका लागि फरक–फरक मूल्य लागू गर्न लागिएको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– खाना पकाउने ग्यासमा दुईथरी मूल्य निर्धारण गर्ने तयारी नेपाल आयल निगमले गरेको छ। औद्योगिक र घरायसी प्रयोजनका लागि फरक–फरक मूल्य लागू गर्न लागिएको हो।

औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा बिक्री गर्ने तयारी रहेको आयल निगमले जनाएको छ।

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएको भोलिपल्ट आज सोमबार आयोजित पत्रकार सम्मेलनमा निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले त्यसका लागि सिलिन्डरको रंग पनि फेरिने जानकारी दिए। हाललाई ग्यासमा मूल्य बढाउने तयारी नरहेको पनि उनले बताए।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि निगमले बढाएको छैन। ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ।

प्रकाशित: Jun 20, 2022| 18:23 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्