आइतबार, असोज ११, २०८३

हवाई भाडा बढ्यो [सूचीसहित]

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि भएको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि भएको छ। नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको हो।

सोमबार सूचना जारी गर्दै संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ। 

नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ। सो रुटका लागि अब हवाई सेवा प्रदायकले एक व्यक्तिबाट अधिकतम १६ हजार ८०५ रुपैयाँसम्म लिन पाउने छन्। 

यस्तै, सबैभन्दा कम काठमाडौँ–सिमरा ७० रुपैयाँले बढेको भाडा अनुसार अधिकतम ४ हजार १९५ रुपैयाँ तोकिएको छ । आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।



प्रकाशित: Jun 20, 2022| 17:31 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्