मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नाडाको आयोजनामा भरतपुरमा 'कर, भन्सार तथा भिसिटियस' प्रशिक्षण कार्यक्रम

नाडाको आयोजनामा भरतपुरमा 'कर, भन्सार तथा भिसिटियस' प्रशिक्षण कार्यक्रम

चितवनको भरतपुरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ सँगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– चितवनको भरतपुरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ सँगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

National life

असार ४ गते भरतपुर, चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ सँगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले आर्थिक वर्ष २०७९–०८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीहरुमा थप अन्यौलता आएको भन्दै देशमा विद्यमान तरलता अभावले व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्न कठीन हुदै गएको बताए।

उनले विश्वमा विद्युतिय सवारी साधनहरुको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमहरुको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नु पर्ने बताए । त्यस्तै व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दवाव दिँदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउँदै आएको उनले बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजश्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टड एकाउण्टेन निकेट अग्रवालले आ–आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए। उक्त प्रशिक्षण कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय अनुप बराल, निलमणी पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

नाडाले यही आसाढ मसान्तसम्म ७ वटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने बताएको छ ।

Shivam cement

प्रकाशित: Jun 20, 2022| 17:24 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्