आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • देशलाई श्रीलंका हुन नदिने कुरा बजेटले सम्बोधन गरेको छ : अर्थमन्त्री शर्मा

देशलाई श्रीलंका हुन नदिने कुरा बजेटले सम्बोधन गरेको छ : अर्थमन्त्री शर्मा

'यो देशलाई श्रीलंका हुन नदिने कुरालाई बजेटले सम्बोधन गरेको छ,' मन्त्री शर्माले दाबी गरे, 'आन्तरिक उत्पादनलाई जोड दिएको छ। उद्योग र कृषिलाई जोड दिएको छ। खानी र भूगर्भलाई प्रयोग गर्ने कुरालाई जोड दिएको छ। ठूला उद्योगलाई आकर्षण गर्न विद्युत महसुलमा सहुलियत दिने नीति लिइएको छ।'
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले देशमा श्रीलंकाजस्तो आर्थिक संकट आउन नदिने काम बजेटले गरेको दाबी गरेका छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्। 

'यो देशलाई श्रीलंका हुन नदिने कुरालाई बजेटले सम्बोधन गरेको छ,' मन्त्री शर्माले दाबी गरे, 'आन्तरिक उत्पादनलाई जोड दिएको छ। उद्योग र कृषिलाई जोड दिएको छ। खानी र भूगर्भलाई प्रयोग गर्ने कुरालाई जोड दिएको छ। ठूला उद्योगलाई आकर्षण गर्न विद्युत महसुलमा सहुलियत दिने नीति लिइएको छ।'

उनले गरिबहरूलाई सहुलियत दिनकै लागि ३० युनिटसम्म घरायसी बिजुली नि:शुल्क गरिएको उनको भनाइ छ। व्यापार घाटा कम गर्न निर्यात गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याइएको मन्त्री शर्माले दाबी गरे। 

मन्त्री शर्माले सेयरबजार लगायतका कुरा सम्बोधन गर्न नेप्से, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयका साथै राष्ट्रबैंकसहितको अध्ययन टोली गठन गरिएको उल्लेख गर्दै गत वर्षको मौद्रिक नीतिपछि केही समस्या आएको उल्लेख गरे। 

यस्तै सबै प्रकारका कर घरैबाट बुझाउन सक्ने व्यवस्थालाई अझ विस्तार गरिने मन्त्रीको भनाइ छ। 

बजेटको लोकप्रियता समाप्त पार्न बनावटी कथा सिर्जना गरिएको उनको आरोप छ। 'मैले प्रतिपक्ष देखिरहेको छु, गठबन्धन गर्दा पनि सँगसँगै देखिरहेको छु। आज फेरि नयाँ कथा बनाएर बजेट र सरकारको लोकप्रियता गिराउने काम नगर्दा राम्रो हुन्छ,' एमालेले बहिष्कार गरेको बैठकमा  सम्बोधन गर्दै उनले भने। 

बजेटले जनता देखेको दाबी गरेका उनले कृषि, गरिबी उन्मूलनका कार्यक्रम, युवालाई १२ कक्षामा दक्ष बनाउने विषय समावेश गरिएको उनको दाबी छ। 'व्यवसायीलाई अघि बढ्न यसले सहयोग गरेको छ। किसान र मजदूरका लागि सहयोगी बनाउने बजेट छ। कहीँ कमीकमजोरी भएका ठाउँमा सही गर्न सक्ने ठाउँ छ,' मन्त्री शर्माले भने। 

प्रकाशित: Jun 20, 2022| 17:20 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्