आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

अर्थमन्त्रीलाई समय दिएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि एमालेको तर्फबाट धारणा राख्न समय पाएका गोकुल बाँस्कोटाले मन्त्री शर्माको राजीनामा माग गर्दै बैठक बहिष्कार गर्ने जानकारी गराएका थिए।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभा बैठक पनि बहिष्कार गरेको छन्। सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७९ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन समय दिएपछि एमालेले बैठक बहिष्कार गरेको हो। 

अर्थमन्त्रीलाई समय दिएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि एमालेको तर्फबाट धारणा राख्न समय पाएका गोकुल बाँस्कोटाले मन्त्री शर्माको राजीनामा माग गर्दै बैठक बहिष्कार गर्ने जानकारी गराएका थिए। 

अर्थमन्त्रीको जवाफ सुन्न जनता तयार नभएको भन्दै बाँस्कोटाले आफूहरुले सदनको बैठक बहिष्कार गर्ने बताए। 

त्यसपछि एमाले सांसदहरु बाहिरिएका थिए। प्रतिपक्षविहीन संसदमा मन्त्री शर्माले जवाफ दिए। 

प्रकाशित: Jun 20, 2022| 17:07 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्