बिहीबार, असार ३२, २०८३

विष्टले किन गरे आफ्नै छोरा र भाइको हत्या ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मुसीकोट- रुकुम पश्चिमको मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको हत्या गरेका छन् । मुसीकोट १४ लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले बुधबार बिहान खुकुरी प्रहार गरी आफ्नै छोरा र भाईको हत्या गरेका हुन् । 

दुई वर्षदेखि मानसिक सन्तुलन बिग्रिएका उनले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ ।

उनले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा दुई छोराहरु पनि घाईते भएका छन् । दुई मध्ये एक छोराको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । 

उनले आफै माथि पनि खुकरी प्रहार गरी आत्महत्याको प्रयास समेत गरेको खड्काले बताए । उनलाई नियन्त्रणमा लिएर जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।