मंगलबार, चैत ३, २०८२

राष्ट्रव्यापी गणित प्रतियोगितामा ब्लुबर्ड कलेज 'ए'लाई स्वर्ण

एभरेस्ट इन्जिनियरिङ कलेजले आयोजना गरेको राष्ट्रव्यापी गणित प्रतियोगितामा ललितपुरको ब्लुबर्ड कलेज ‘ए’ प्रथम भएको छ ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– एभरेस्ट इन्जिनियरिङ कलेजले आयोजना गरेको राष्ट्रव्यापी गणित प्रतियोगितामा ललितपुरको ब्लुबर्ड कलेज ‘ए’ प्रथम भएको छ ।

National life

हरेक वर्ष नेपाल गणित समाजको संरक्षकत्व र एनएस–एमजी एजुकेसनद्वारा सञ्चालन गरिने प्रतियोगिता देशभरका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीको बीचमा सञ्चालन गरिएको हो । 

प्रतियोगिताको २०७९ संस्करणको अन्तिम प्रतिस्पर्धामा बुटवलको कान्ति मावि दोस्रो, ललितपुरको ब्लुबर्ड कलेज ‘बी’ तेस्रो र पोखराको मदरल्यान्ड इंग्लिस बोर्डिङ स्कुल ‘ए’ चौथो भएको आयोजकले जनाएका छन् । 

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ नगद तथा एभरेस्ट इन्जिनियरिङ कलेजमा पूर्ण छात्रवृत्ति, द्वितीय हुनेलाई २५ हजार रुपैयाँ नगद तथा एभरेस्ट इन्जिनियरिङ कलेजमा विशेष छात्रवृत्ति, तृतीय हुनेलाई पन्ध्र हजार रुपैयाँ नगद तथा एभरेस्ट इन्जिनियरिङ कलेजमा आंशिक छात्रवृत्ति तथा चौथो हुनेलाई १० हजार रुपैयाँ नगद तथा एभरेस्ट इन्जिनियरिङ कलेजमा आंशिक छात्रवृत्तिका साथै प्रमाणपत्र र ट्रफी प्रदान गरिएको कलेजले जनाएको छ । 

कार्यक्रममा नेपाल गणित समाजका सभापति प्रा।डा। नारायणप्रसाद पहारी, काठमाडौं, विश्वविद्यालयका पूर्वडिन प्रा।डा। कन्हैया झा, एसोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालका सभापति तथा काठमाडौं, इन्जिनियरिङ कलेजका प्राचार्य प्रा। हिरेन्द्रमान प्रधानलगायतको उपस्थिति रहेको आयोजकले जनाएका छन् ।यसअघि विभिन्न मितिमा नेपालभर सातै प्रदेशका मुख्य–मुख्य सहरहरूमा छनोट चरण सञ्चालन गरी २० प्रतियोगी समूहलाई ललितपुरमा अन्तिम प्रतिस्पर्धा गराइएको आयोजकको भनाइ छ । 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 20, 2022| 15:06 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्