आइतबार, असोज ११, २०८३

ज्योति विकास बैंकको दुई गुणा डिपोजिट मुद्दति योजना

ज्योति विकास बैंकले ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक गरेको छ। बैंकले ज्योति दुई गुणा डिपोजिट मुद्दति योजना सार्वजनिक गरेको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– ज्योति विकास बैंकले ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक गरेको छ। बैंकले ज्योति दुई गुणा डिपोजिट मुद्दति योजना सार्वजनिक गरेको हो।

उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन्। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दति खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ।

यस खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ। साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ।

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।

ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।

प्रकाशित: Jun 20, 2022| 15:02 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्