मंगलबार, चैत ३, २०८२

राउण्ड टेबल नेपालद्वारा छात्रछात्राका लागि २० लाख सहयोग

राउण्ड टेबल नेपालले शिक्षा क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– राउण्ड टेबल नेपालले शिक्षा क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।

National life

१८९ जना छात्रछात्राको शैक्षिक उन्नयनका लागि लागि उक्त सहयोग गरिएको संस्थाले बताएको छ । गैरनाफामूलक उक्त संस्थाले देशका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । अहिलेसम्म ३७३ कक्षाकोठासहित ४० ओटा शौचालय र ५८ ओटा विद्यालय तथा अनाथालय निर्माण गरिएको संस्थाले बताएको छ ।

राउण्ड टेबल इन्टरनेशनलसँग आबद्ध भई सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपालले मुलुकभर रहेका ३२ च्याप्टरमा आफ्ना ५१३ सदस्य रहेको जानकारी दिएको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवा मात्र सदस्यको रूपमा रहने सो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रू एजुकेसन’ समेत सञ्चालन गरिरहेको छ ।

संस्थाले देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार ९समग्र विद्यालय भवन०देखि आवश्यकता अनुसार शैक्षिक सामग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।

प्रकाशित: Jun 20, 2022| 14:52 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्