आइतबार, असोज ११, २०८३

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ। आइतबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं– नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ। आइतबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो।

यसअन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो छुट असार १७ गते देखी लागु हुनेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदरी अन्तर्गत विजनेस र इकोनोमी क्लासको हवाई टिकटमा १० प्रतिशत छुट लागू हुनेछ। यसका लागि प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।

प्रकाशित: Jun 20, 2022| 14:47 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्