शुक्रबार, जेठ १, २०८३

डिला संग्रौलाले संसद्‍मा उठाइन् विदेश जाने विद्यार्थीको मर्का

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारी नीतिका कारण विदेश पढ्न जान लागेका विद्यार्थी मारमा परेको बताएकी छन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

National life

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारी नीतिका कारण विदेश पढ्न जान लागेका विद्यार्थी मारमा परेको बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले विद्यार्थीका समस्यामा सरकारको ध्यानाकर्षण गराएकी हुन्। 

उनले भनिन्, ‘जग्गाको वर्गीकरण नगरी जग्गा धितो राखेर ऋण नदिने नीति ल्याएपछि विदेश पढ्न जान लागेका विद्यार्थी मर्कामा परेका छन्। स्वीकृत भएको ऋण पनि पाउन सकेका छैनन्। स्थानीय तहले जग्गा वर्गीकरण कहिले गर्छन् थाहा पनि छैन। यो निर्णयमा सरकारलाई पुनर्विचार गरेर तत्काल सम्बोधन गर्न आग्रह गर्दछु।’ 


प्रकाशित: Jun 20, 2022| 14:00 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्