काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ।
सोमबार प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएको हो।
राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, सुद्धिकरण चार्ज, कर, भाडा दरलगायत विषयमा जानकारी माग गरेको छ।
नेपालका भीभीआपीलाई वर्षमा कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ? भन्दै ज्ञापन पत्रमा प्रश्न उठाइएको छ।