शुक्रबार, जेठ १, २०८३

गर्भवतीका लागि फाइदाजनक तीन योगासन

गर्भावस्थामा हुने थकान, खुट्टाको दुखाइ र श्वास फेर्नमा हुने असहजतालाई योगको माध्यमले समाधान गर्न सकिन्छ।
 |  मंगलबार, असार ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार ७, २०७९

काठमाडौं- योग र व्यायामले सबैलाई स्वस्थ रहनका लागि मद्दत गर्छ। यो सबै उमेर समूह र व्यक्तिका लागि लाभदायक हुन्छ। योगले शारीरिक र मानसिक रूपमा मानिसलाई तन्दुरुस्त राख्छ।

National life

योगले थुप्रै स्वास्थ्य समस्याबाट समेत छुटकारा दिन्छ। योग मन शान्त गर्नुका साथै स्वस्थ शरीरका लागि फाइदाजनक मानिन्छ। गर्भावस्थामा पनि योग गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

गर्भावस्थामा हुने थकान, खुट्टाको दुखाइ र श्वास फेर्नमा हुने असहजतालाई योगको माध्यमले समाधान गर्न सकिन्छ। नियमित केही योगासन गर्दा गर्भमा रहेको बच्चाको विकास हुनेसमेत केही अध्ययनले देखाएको छ। स्वास्थ्य विज्ञका अनुसार गर्भावस्थामा योगासन गर्दा जीवनशैलीमा लाभ प्राप्त गर्न सकिन्छ।

चेयर पोज अभ्यास

गर्भवती महिलाले चेयर पोज अभ्यास गर्दा फाइदा लिन सक्छन्। चेयर पोजको अभ्यासले हिपलाई बलियो बनाउन मद्दत गर्छ। प्रारम्भिक गर्भावस्थामा यो मुन्द्रा अतिरिक्त वजन कम गर्नका लागि पनि फाइदाजनक हुन्छ। यो अभ्यास गर्नुभन्दा पहिले चिकित्सकको परामर्श भने आवश्यक हुन्छ।

भद्रासन योग

बटरफ्लाई पोज या भद्रासनले हिप तथा खुट्टाको भित्री भागको थकाइलाई कम गर्छ। यस आसनलाई गर्नका लागि सिधा बस्नुपर्छ। र, खुट्टालाई पुतलीको आसनमा राख्नुपर्छ। त्यसपछि हातलाई घुँडामाथि राख्नुपर्छ। र, गहिरो श्वास लिने गर्नुपर्छ। यसले गर्भावस्थाको जटिलतालाई कम गर्नुका साथै शरीरको स्वस्थतालाई मजबुद बनाइराख्छ।

माउन्टेन पोज

शरीरको मुद्रामा सुधार गर्नका लागि र पिठ्युँको दुखाइबाट छुटकारा पाउनका लागि माउन्टेन पोज आवश्यक हुन्छ। यो आसन गर्भवती महिलाका लागि फाइदाजनक मानिन्छ। माउन्टेन पोज आम तौरमा निकै सुरक्षित पोज मानिन्छ। यो आसन गर्दा घुँडालाई अलिकति मोड्ने कोसिस गर्नुपर्छ। नियमित यो प्रक्रिया गर्दा स्वास्थ्य लाभ लिन सकिन्छ।   -अमरउजालाबाट

प्रकाशित: Jun 21, 2022| 07:34 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्