काठमाडौं- मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मकवानपुरका प्रताप तामाङलाई मोटरसाइकलसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहान नियन्त्रणमा लिएको हो।
हराएका मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्ने क्रममा ललितपुर महानगरपालिका वडा नम्बर ५ महालक्ष्मी सडक खण्डबाट मोटरसाइकल चलाइरहेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए।
मोटरसाइकल झुलपोखरी मच्छेगाउँ थानकोटबाट हराएको भनी विविध बिष्टले खोजि दिनका लागि प्रहरीमा निवेदन दिएका थिए। तामाङलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।