आइतबार, असोज ११, २०८३

नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। 

तोलामा २०० रुपैयाँ बढेर सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेको छ। 

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ प्रतितोला थियो। 

सोमबार चाँदीको मूल्य भने यथावत् रहेको छ। आइतबारको जस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ प्रतितोला रहेको महासंघले जानकारी दिएको छ।  

प्रकाशित: Jun 20, 2022| 11:34 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्