मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एन्फाको संगठनलेमात्र हुँदैन कार्यदिशा पनि हुनुपर्छ : सदस्य सचिव घिसिङ

एन्फाको संगठनलेमात्र हुँदैन कार्यदिशा पनि हुनुपर्छ : सदस्य सचिव घिसिङ

अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं साधारणसभामा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने बताएका छन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं साधारणसभामा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने बताएका छन्।

सोमबार बुढानीलकण्ढमा आयोजित चुनावी साधारण सभामा बोल्दै सदस्य सचिव घिसिङले यस्तो बताएका हुन्। ‘एन्फाले दुई कुरामा ध्यान दियोस्। पछिल्लो कार्यसमितिले आफ्नो कार्यकालमा गरेको उपलब्धिको खोजीनिती गरोस्,’ उनले भने, ‘साथै एन्फा कहाँ चुक्यो भन्ने कुराको पनि खोजीनिती गरोस्। विभिन्न क्षेत्रबाट आएका प्रतिनिधि यहाँ हुनुहुन्छ। उहाँहरूले निर्वाचनमार्फत् त्यसको नजिता देखियोस्।’

उनले एन्फा संगठनमा नेतृत्व निर्माण भइरहेको तर यसको कार्यदिशा के हुने त्यो पनि हुन सक्नुपर्ने बताए। त्यस्तै, नेपालमा सबै उमेर समूहका प्रतियोगिताका अझै पुग्दो नभएका जानकारी दिएका छन्। 

उनले भने,  ‘एन्फाले केही गरिरहेको छ। तर अझै पुगेको छैन। जसले नयाँ प्रतिभाहरू खोज्न सकोस्।’ उनले आफ्नो देश आसपासकै देशको फुटबलले राम्रो दिशा लिँदै गइरहेको अवस्थामा आफूले पनि मेहेनेत गर्नुपर्ने बताएका छन्। 

उनले भने, ‘आज दक्षिण एसियामा फुटबलको स्थिति के छ ? त्यो विचार गरेर आफूलाई राम्रो बनाउन कस्तो खालको रणनीति अख्तियार गर्न जरुरी भन्ने विचार गरेर यो साधारण सभाले कार्ययोजना बनाओस्।’

उनले आज आयोजित साधारण सभा यो भोट हाल्ने मात्र साधारण सभा मात्र नभएर सही कार्ययोजना के हो त्यो नै अनुमोदन गर्ने साधारण सभा भएको बताए। उनले सबैलाई जितको लागि शुभकामना पनि दिएका छन्। उनले भने, ‘यही स्वेच्छा दिन चाहन्छु।’

त्यस्तै उनले सबैभन्दा धेरै खेल पूर्वाधारहरूमा फुटबल नै अघि रहेको बताएका छन्। ‘सबै सरकारले फुटबललाई धेरै रकम दिएको छ। सबै क्षेत्रको प्राथमिकताबीच हामीले रिजल्ट पनि दिनुपर्छ। त्यसका लागि एन्फाको नेतृत्व दिन सक्नुपर्छ,’ उनले भने।

उनले थपे, ‘ सकारात्मक नतिजा पेस गर्न सकिएन भने हामी इतिहासको कठघरामा राम्रो नहुन सक्छ। सबै चुनावी मैदानमा हुनुहुन्छ। सबैलाई शुभकामना दिन चाहन्छु। यो तपाईंको जित होइन तपाईँले पेस गरेको कार्ययोजनाको जित हुनेछ। उनले प्रतिनिधिको निर्णायक भूमिका रहने पनि बताएका छन्।’

प्रकाशित: Jun 20, 2022| 10:49 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।