बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँको मिछुर्लुङमा दृश्यावलोकन गर्न बन्यो भ्युटावर

तनहुँको मिछुर्लुङमा दृश्यावलोकन गर्न बन्यो भ्युटावर

देश तथा विदेशमा रहेका नेपालीबाट संकलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो। गत मंसिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

दमौली- ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ। देश तथा विदेशमा रहेका नेपालीबाट संकलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो। गत मंसिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो। 

National life

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो। यसका लागि उनकै सक्रियतामा रु ३० लाख संकलन भएको थियो। 'गाउँको विकासका लागि केही गरौं भन्ने भावनासहित विदेशमा रकम संकलन अभियान चलाएको थिएँ, गाउँमा आन्तरिक पर्यटक भित्र्याउने मुख्य लक्ष्य हो', उनले भने 'ग्रामीण पर्यटनको माध्यमबाट स्थानीयवासीको आयआर्जन वृद्धिका लागि पनि स्तम्भ सहयोगी हुनेछ।'

कूल ३८ लाख चार हजार ९०० को लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए।

मिर्छुलुङ गाउँमा सञ्चालित घरवासको प्रवद्र्धनका लागि स्तम्भले सहयोग पुग्ने विश्वास लिइएको छ। 'विगत केही वर्षदेखि यहाँ घरवास सञ्चालनमा छ, तर घरवासको प्रचारप्रसार हुन नसक्दा पर्यटकको चहलपहल हुन सकिरहेको छैन', उनले भने, 'स्तम्भ निर्माणपछि घरवासको पनि प्रवर्द्धन हुनेमा विश्वस्त छौँ।'

मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिर्छुलुङ घरवासको विशेषता हो। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ।

Shivam cement

उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ। कोभिड-१९ को संक्रमणका कारण दुई वर्ष घरवास प्रभावित बनेको थियो। अब कोभिडको जोखिम नरहेकाले घरवासमा पर्यटकको चहलपहल हुने अध्यक्ष थापाले बताए। 

दृश्यावलोकन स्तम्भको उद्घाटन गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले यसले मिर्छुलुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। 'गाउँमा होमस्टे सञ्चालन छ, होमस्टेमा आउने पर्यटकलाई भ्युटावरबाट प्राकृतिक दृश्यावलोकन गराउन सके यहाँको थप प्रवर्द्धन हुन्छ', उनले भने।

पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनमा वृद्धि हुन सके मात्र भ्युटावर निर्माणको औचित्य रहेको उनले बताए र


प्रकाशित: Jun 20, 2022| 09:37 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।