मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा पुग्न थाल्यो

नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा पुग्न थाल्यो

भरतपुर महानगरपालिका-२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

चितवन- नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। भरतपुर महानगरपालिका-२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।     

एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए। 'यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ। मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन्। उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन्', उनले भने।

एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनले बताए। आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उनको गुनासो छ। विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन्। कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए।

कुरिलो व्यवसायबाट मात्रै वार्षिक २० लाख रूपैयाँ आम्दानी गर्ने गरेको उनको भनाइ छ। उनले वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेका छन्।

भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उनले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताए।  रासस

प्रकाशित: Jun 20, 2022| 09:14 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।