मंगलबार, चैत ३, २०८२

२२ लाख मात्रा कोरोना खोप ५-११ वर्षका बालबालिकालाई दिइने, पहिलो चरणमा कुन क्षेत्र छ प्राथमिकतामा

आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइसकिएको छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।

National life

ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै जनाइएको छ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आग्रह गरेको छ।

आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइसकिएको छ।

Laxmi sunrise bank
kumari

स्वास्थ्य सेवा विभागले पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाउने तयारी थालेको छ। जस अनुसार उपत्यकासहित काभ्रेका लागि ३ लाख ३१ हजार २ सय, बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुलीका लागि १ लाख ४२ हजार ४ सय, प्रदेश १ का झापा, मोरश्र, सुनसरी र इलामका लागि ४ लाख ८ हजार, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका लागि ५ लाख ४२ हजार ४ सय डोज खोप पठाएको छ।

यस्तै गण्डकीका कास्की र नवलपरासी पूर्वका लागि १ लाख ८ सय, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्दनेही, दाङ, बाँके र बर्दियाका लागि ३ लाख ९८ हजार ४ सय, कर्णालीको सुर्खेतका लागि ५२ हजार ८ सय र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुराका लागि १ लाख ८७ हजार २ सय डोज खोप पठाइएको विभागले जनाएको छ।

प्रदेश कार्यालयले जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने विभागको कोल्डचेन तथा भ्याक्सिन वितरण शाखाले जनाएको छ। शाखाका अनुसार असार ९ गतेदेखि बालबालिकालाई खोप दिन थालिने छ। खोपको पहिलो मात्रा लगाएका बालबालिकाले दोस्रो मात्रा तीन साताभित्र लगाउनुपर्ने छ।

सरकारले दोस्रो चरणमा बाँकी ५० जिल्लामा पहिलो मात्रा भदौ ५ देखि असोज १ सम्म लगाउने तयारी थालेको छ। नेपालमा ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिबा ३९ लाख रहेको बताइएको छ।

अमेरिकाले नेपाललाई खोप प्रदान गर्दै दूतावासले नेपालको स्वास्थ्य क्षेत्रमा जारी अमेरिकाको सहयोले दुईपक्षीय साझेदारीका सशक्त परिणाम प्रतिविम्बित गर्ने उल्लेख छ।

प्रकाशित: Jun 20, 2022| 07:46 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्