काठमाडौं- अविरल वर्षासंगै धोवी खोला र बाग्मति नदिमा आएको बाढीका कारण काठमाडौंका विभिन्न क्षेत्र डुवानमा परेका छन् । बाढी वस्ति क्षेत्रमा पसेपछि अमाननगर, घट्टेकुलो, गौशला, सिनामंगल, कालोपुल, गुहेश्वरीलगायतका क्षेत्र डुबानमा परेका हुन् ।
बाढी घर भित्रै पसेपछि दजनौं परिवार विस्थापित भएका छन् । घरको तल्लो तलामा रहेका भाडकुडादेखि ओड्ने ओछ्याउने समेत डुवाएपछि स्थानीयको भागाभाग भएको थियो ।
राती करिब २ बजेतिर धोवीखोला बस्ति क्षेत्रमा पसेपछि अनामनगर र घट्टेकुलो क्षेत्रको नदि किनार नजिकका बासिन्दाहरु डुवानको चपेटामा परेका हुन् । अहिले डुवानमा परेका समानहरु निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएकको छ ।
भिडियो हेर्नुहोस्
केही पसल समेत डुबानमा परेकाले लाखौंको क्षति भएको व्यवसायीले बताएका छन् । खोलामा फोहोर फाल्ने, खोलामा जम्मा भएको बालुवा सफा नगर्ने कारणले गर्दा हरेकवर्ष धोवीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गरेको छ।
यस्तै बाढीका कारण बुढानिलकण्ठ नगरपालिका १३ नयाँबस्ती दोभानस्थित चियाने खोलामा नजिक रहेको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । २०/२५ घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
बाढीका कारण सिनामंगलमा रहेको सुकुम्बासी बस्ती समेत डुबानमा परेको छ। कालोपुल आसपासको क्षेत्र र गुहेश्वरी क्षेत्र समेत डुबानमा परेको प्रहरीले जनाएको छ । गौशालामा रहेको गंगाहिटी तरकारी बजार समेत डुबानमा परेको छ गौशला प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...