बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बंगलादेशमा हजारौं रोहिंग्या शरणार्थीद्वारा प्रदर्शन, ‘घर फिर्ता’ गरिदिन आग्रह

बंगलादेशमा हजारौं रोहिंग्या शरणार्थीद्वारा प्रदर्शन, ‘घर फिर्ता’ गरिदिन आग्रह

पाँच वर्षअघि भएको क्रुर सैन्य दमनबाट भागेर बंगलादेशमा रहेका दसौं हजार रोहिंग्या शरणार्थीले म्यानमार फर्कने माग गर्दै आइतबार प्रदर्शन गरेका छन्।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

ढाका- पाँच वर्षअघि भएको क्रुर सैन्य दमनबाट भागेर बंगलादेशमा रहेका दसौं हजार रोहिंग्या शरणार्थीले म्यानमार फर्कने माग गर्दै आइतबार प्रदर्शन गरेका छन्।

दक्षिणपूर्वी बंगलादेशको कोक्स बजार नजिकै रहेको ३४ वटा शिविरहरूमा बाँस र त्रिपालको झुपडीमा बस्दै आएका उनीहरूले शिविरमा बस्दा रोजगारी, सरसफाइ र शिक्षाको पहुँचका लागि समस्या भएको बताउँदैै स्वदेश फिर्ता गरिदिनका लागि माग गरेका हुन्। 

अगस्ट २०१९ मा भएको करिब एक लाख जनाको बृहत् प्रदर्शनपछि उनीहरूलाई कोभिड–१९ सङ्क्रमणको समयलगायतका कारण देखाउँदै बंगलादेशको प्रशासनले शिबिर वरपर भेला हुन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो। 

अधिकारीहरूले रोहिंग्या समूहहरूलाई सोमबारको विश्व शरणार्थी दिवसभन्दा अगाडि एकैसाथ ‘घर फिर्ता जान’ पाउने माग राख्दै प्रदर्शन र भेला आयोजना गर्न अनुमति दिएका बताइएको छ।

रोहिंग्या समुदायका प्रमुख नेता सैयद उल्लाले प्रदर्शनपछि आयोजित एक भेलालाई सम्बोधन गर्दै भने, 'हामी शिविरमा बस्न चाहँदैनौं। शरणार्थी हुनु सजिलो छैन। यो नरक हो। अब अति भो। घर फर्किऔँ।'

kumari

सन् २०१८ मा म्यानमारमा रोहिंग्या मुसलमानहरूको हत्या र जबरजस्ती सामूहिक प्रस्थानमा संयुक्त राष्ट्रसंघीय तथ्य पत्ता लगाउने अभियानका अनुसन्धानकर्ताहरूले म्यानमारका सर्वोच्च सेनापतिहरूमाथि मानवता र जातीय संहारविरुद्ध अपराधका लागि अनुसन्धान र अभियोगको लगाउनुपर्ने  निष्कर्ष निकालेको छ।

बंगलादेश र म्यानमारका विदेश सचिवहरूले करिब तीन वर्षमा पहिलो पटक बैठक आयोजना गरी गत हप्ता छलफल गरेपछि र विश्व शरणार्थी दिवसको अवसर पारीे आइतबारको प्रदर्शन भएको हो। 

बंगलादेशको विदेश मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार उक्त बैठकका क्रममा ढाकाले यस वर्ष रोहिंग्या शरणार्थीहरूको पुनः स्थापनाको लागि म्यानमारको सैन्य सरकारलाई दबाब दिएको थियो। 

नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'यस वर्ष मनसुनपछि कम्तीमा पनि सीमित परिमाणमा पुनः स्थापना सुरु हुनेमा हामीले विश्वास लिएका छौँ।'

प्रहरीले बताएअनुसार साना केटाकेटीलगायत हजारौं शरणार्थीहरू सडक र गल्लीमा उभिएर ‘अब अति भो, घर जाऔं’ भन्दै प्रदर्शनमा सहभागी भएका थिए।

'मेरो अधिकार क्षेत्रअन्तर्गत रहेका शिविरहरूमा भएको भेलामा १० हजारभन्दा बढी रोहिंग्याले भाग लिएका थिए,' प्रहरी अधिकृत नाइमुल हकले विश्वकै सबैभन्दा ठूलो शरणार्थी बस्ती कुटुपालोङलाई संकेत गर्दै एएफपीसँग भने। 

प्रहरी तथा आयोजकहरूले कम्तीमा २९ शिविरहरूमा भएका छुट्टाछट्टै भेलामा एक लाख भन्दा बढी रोहिंग्या शरणार्थीले भाग लिएको बताए। 

कुनै पनि हिंसा रोक्न प्रशासनले शिविरहरूमा अतिरिक्त सुरक्षा तैनात गरेको बताउँदै हकले भने, 'भेला तथा प्रदर्शनहरू ‘शान्तिपूर्वक’ सम्पन्न भएका छन्।'

प्रकाशित: Jun 20, 2022| 04:00 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।